Nepal News - Latest News Tracking & Analysis


Latest News Politics , Business , Finance , Technology , World News & Opinion & Tracking & Analysis.

Nepal
Website
🇺🇸 english
World
#33
Nepal News

Nepal News

Primary focus: World


Recent Reportage

Latest coverage from Nepal News

पानीट्यांकीमा मृत्यु भएका दुवैको पहिचान खुल्यो

दाङ। तुलसीपुर उपमहानगरपालिका ६ रजौरास्थित निर्माणाधीन घरको पानी ट्यांकीमा मृत्यु भएका दुवैजनाको पहिचान खुलेको छ। मृत्यु हुनेमा सल्यान माल्टा घर भई तुलसीपुर उपमहानगरपालिका ९ दोघरका कमल गिरी र घनश्याम गिरी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीले जानकारी दिए। उनका अनुसार कमल पूर्वाधार निर्माणका ठेकेदार र घनश्याम मिस्त्री हुन्। दुवैले []

1 hour ago

संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति खतिवडाको शपथ

काठमाडौँ। नेपाल संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति भीमप्रसाद खतिवडाले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन्। शिक्षा तथा खेलकुदमन्त्री तथा विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले शिक्षा मन्त्रालयमा आयोजित कार्यक्रममा खतिवडालाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले आजै खतिवडालाई उपकुलपतिमा नियुक्त गरेका थिए। मन्त्रालयका अनुसार नेपाल संस्कृत विश्वविद्यालयको रिक्त उपकुलपति, शिक्षाध्यक्ष र []

1 hour ago

सांसद शाहविरुद्धको पक्राउपुर्जी कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौँ। सर्वोच्च अदालतले नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप शाहविरुद्ध जारी भएको पक्राउपुर्जीको तत्काल कार्यान्वयन नगर्न अल्पलीन आदेश जारी गरेको छ। न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले आज (बुधबार) शाहविरुद्ध जारी भएको पक्राउ पुर्जीको तत्काल कार्यान्वयन नगर्न सरकारका नाममा अल्पकालीन आदेश गरेको हो। सांसद शाहले आफूविरुद्ध जारी भएको पक्राउपुर्जी बदर गर्न आदेशको माग गर्दै गृह मन्त्रालय, कपिलवस्तु []

2 hours ago

Publishing Activity

Daily article output trend

त्रिविको ६७औँ वार्षिकोत्सवमा दीर्घसेवा पदक वितरण

काठमाडौँ। मुलुकको जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय (त्रिवि) को ६७औँ वार्षिकोत्सवका अवसरमा विभिन्न प्राध्यापक तथा कर्मचारीलाई दीर्घसेवा पदक वितरण गरिएको छ। कीर्तिपुरस्थित केन्द्रीय कार्यालयमा बुधबार आयोजित कार्यक्रममा उपकुलपति भोला थापाले पदक वितरण गरे। विश्वविद्यलयमा २५ वर्षदेखि निरन्तर सेवा गर्ने शिक्षक कर्मचारीलाई सेवा अवधिमा एकपटक यस्तो पदक दिने गरिन्छ। कार्यक्रममा शिक्षकतर्फ १४२ र कर्मचारीतर्फ ४१ जनालाई पदक []

2 hours ago

व्यवसायी शंकर अग्रवाल पक्राउ

काठमाडौँ। व्यवसायी शंकर अग्रवाल पक्राउ परेका छन्। बैंकिङ कसुर मुद्दामा फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्युरोले बुधबार डिल्लीबजारबाट पक्राउ गरेको हो। उनका छोरा सुलभ अग्रवाल र दीपक भट्टसमेत प्रतिवादी रहेको बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको मुद्दामा काठमाडौँ महानगरपालिका ४ का अग्रवाल फैसला मितिदेखि नै फरार थिए। ब्युरोका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक अनुपमशमशेर []

2 hours ago

तस्बिरमा वर्षा रोकिएपछिको काठमाडौँ

काठमाडौँ। नेपालमा अहिले मनसुनी वायुको प्रभाव छ। यसकै कारण काठमाडौँ उपत्यकासहित देशभर केही दिनदेखि निरन्तर वर्षा भइरहेको थियो। काठमाडौँको मौसम बुधबार बिहानैदेखि अघिल्ला दिनभन्दा खुलेको छ। निरन्तरको वर्षाले जनजीवन पनि प्रभावित बनेको थियो। उपत्यकाका केही ठाउँ डुबानमा परेका थिए। केही ठाउँमा सडक भासिएको थियो। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायुको प्रभाव रहेकाले पानी पर्ने सम्भावना []

2 hours ago

मिसेस नेपाल २०२६ को आवेदन खुल्यो

काठमाडौँ। नेपाली विवाहित महिलाका लागि मिसेस नेपाल वर्ल्ड-२०२६ को आवेदन खुलेको छ। आयोजक रिबन इन्टरटेन्मेन्ट प्रालिले बुधबार पत्रकार सम्मेलन गरेर आवेदन खुलाइएको जानकारी दिएको हो। पहिलो चरणको अडिसनअघि खल्ती एप वा रिबन इन्टरटेनमेन्टको वेबसाइटबाट आवेदन दिन सकिनेछ। पहिलो चरणको अडिसन २३ साउनमा काठमाडौँमा हुने आयोजक संस्थाका अध्यक्ष निशुकान्त झाले बताए। उनका अनुसार अडिसनबाट छनोट भएकालाई []

3 hours ago

महासंघका आठवटा विषयगत समितिले पायो पूर्णता

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत गठित आठवटा विषयगत समितिले पूर्णता पाएका छन्। समितिका उपसभापति, सदस्य तथा सल्लाहकारहरूलाई महासंघ सचिवालय टेकुमा आयोजित कार्यक्रममा बुधबार मनोनयन-पत्र हस्तान्तरण गरिएको छ। कार्यक्रममा महासंघका कार्यवाहक अध्यक्ष सूरकृष्ण वैद्यले महासंघका विषयगत समितिको सक्रियता निजी क्षेत्रको सशक्तीकरण र मुलुकको समृद्धिको महत्त्वपूर्ण आधार भएको बताए। उनले समितिहरू सरकार र निजी क्षेत्रबीच नीतिगत संवाद, []

3 hours ago

झनै सान्दर्भिक मेलमिलाप नीति

बीपी कोइराला २०२५ सालमा जेलबाट छुटेपछि विराटनगर आउने हुनुभयो। उहाँलाई स्वागत गर्न हामी धरानबाट दुई ट्रक विद्यार्थीहरू विमानस्थल पुग्यौँ। उहाँसँग मेरो पहिलो भेट त्यहीँ भएको थियो। धरानमा फ्रेन्ड्स क्लब भन्ने संस्था थियो हाम्रो। त्यसका अध्यक्ष केदारनाथ श्रेष्ठले बीपीलाई धरानमा निम्त्याउनुभयो। धरानको रत्नरोडमा नगेन्द्रप्रसाद रिजालको घर थियो। विष्णुकुटी भनेर चिनिने त्यही घरमा बीपी बास बस्नुभयो। हामी []

3 hours ago

बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो

काठमाडौँ। बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ। एमालेका प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले पत्रमार्फत मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई आफ्नातर्फका मन्त्रीहरूको संयुक्त राजीनामा पेस गरेका हुन्। प्रदेश सरकारहरूमा गठनबन्धन उलटपुलटबारे विभिन्न दलहरूबीच शीर्ष तहमा संवाद चलिरहेका बेला एमालेले बागमतीका सम्बन्धमा यस्तो निर्णय लिएको हो। थपलियाको पत्रमा एमालेको निर्णय र वर्तमान रानीतिक परिस्थितिलाई दृष्टिगत गरी राजीनामा []

3 hours ago
Nepal News — News Tracking & Analysis | Real Narrative News